एजेन्सीः काेराेना भाइरसविरुद्धकाे खाेप निर्यातमा भारतले राेक लगाएकाे छ। भारतमै संक्रमण दर उच्च भइरहेकाले भारतले खाेप निर्यातमा अस्थायी रूपमा रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अक्सफाेर्ड-एस्ट्राजेनेकाद्वारा विकसित काेभिसिल्ड खाेप भारतकाे सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गर्दै आइरहेकाे छ। हालै बेलायत र ब्राजिलमा पनि साे खाेप निर्यात गरिएकाे थियाे।
आगमी सातासम्म भारतभित्रै खाेपकाे माग उच्च सक्ने भन्दै भारतले खाेप निर्यातमा राेक लगाएकाे हाे। बुधबारमात्रै भारतमा ४७ हजार नयाँ संक्रमित फेला परेका थिए भने दुई सय ७५ जनाकाे काेराेनाका कारण निधन भएकाे थियाे।
खाेप निर्यातमा लगाइएकाे राेक अप्रिल महिनाकाे अन्त्यसम्मै जान सक्ने भारतीय अधिकारीहरूले जनाएका छन्।
भारतकाे यस कदमले नेपालसहित विश्वभरका एक सय ९० देश प्रभावित हुने भएका छन्। नेपालले विश्व स्वास्थ्य संगठनकाे काेभ्याक्स स्किम अन्तर्गत खाेप पाइरहेकाे थियाे। अब अप्रिल महिनाकाे अन्त्यसम्म नेपालले नयाँ डाेज खाेप नपाउने लगभग निश्चित भएकाे छ।
हालसम्म भारतले ६ कराेडभन्दा बढी डाेज खाेप ७६ देशमा प्रत्यक्ष निर्यात गरिसकेकाे छ।
प्रतिक्रिया