लेटेस्ट न्युज
advertisement1

मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Maryada News 2021-08-02 17:06:12
मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि संस्थाको कर्मचारी, सामुहिक लगानी कोष र सर्वसारणका लागि गरी कुल ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको उक्त सेयरका लागि आवेदन दिने समय आज सकिँदैछ । तर, कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिने अन्तिम दिनको अघिल्लो दिनसम्म माग गरे भन्दा ३५ गुणा बढीको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार आइतबार साँझसम्ममा कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयरका लागि कुल १७ लाख ७६ हजार ७ सय ११ जनाले अधिकतम २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको दिएका छन् । यो माग गरेभन्दा ३५।२८ गुणाले बढी हो ।

कम्पनीले गत साउन १४ गतेदेखि निष्काशन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक गरेको हो ।

कम्पनीको सेयर खरिदका लागि छिटोमा आज अर्थात् साउन १८ गते बेलुकासम्म र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । भने सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्