लेटेस्ट न्युज
advertisement1

अपाङ्गता भएका महिलाप्रति समाजको सोच मैत्रीपूर्ण छैन : सृष्टि केसी

Maryada News 2021-03-24 22:28:55
अपाङ्गता भएका महिलाप्रति समाजको सोच मैत्रीपूर्ण छैन : सृष्टि केसी

काठमाडौं: ब्लाइण्ड रक्सकी संस्थापक तथा मोटिभेसनल स्पीकर सृष्टि केसीले नेपालमा अपाङ्गता भएका महिलाप्रति समाजको सोच मैत्रीपूर्ण नभएको बताएकी छन्। उनले अपाङ्गता भएका महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोणका कारण चुनौती सामना गर्नु परिरहेको र कतिपय अवसरबाट समेत वञ्चित हुने परेको बताएकी छन्।

मर्यादा मिडियासँगको कुराकानीमा उनले भौतिक संरचनाभन्दा पनि सामाजिक सोच नै मैत्रीपूर्ण नरहेकाले महिलाहरुलाई थुप्रै चुनौती खेप्नु परेको बताइन्।

सरकारले महिलाहरुलाई मानवीय विकास गर्न जरुरी रहेको भन्दै आवश्यक नीति र कानुन निर्माणसहित आवश्यक सहजीकरण गर्नुपर्नेमा केसीको जोड छ। केसीले अपाङ्गता भएका महिलाहरुको सशक्तिकरणका लागि सरकारले नै शिक्षा,स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता रहेको औल्याएकी छन्। 

भिडियोसहित...  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्