काठमाडौं : नेकपा एमालेको पार्टी मुख्यालय धुम्बाराहीबाट थापाथली सर्ने पक्का भएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी मुख्यालयको निरीक्षण गरेका छन् । निरीक्षण पश्चात अध्यक्ष ओलीले नयाँ पार्टी मुख्यालय राम्रो लागेको प्रतिक्रिया दिएका एक नेताले बताए ।
हाल सार्न लागिएकोपार्टी कार्यालयको घर एमाले नेता मोतीलाल दुगडले खोजेका हुन् । विसं २०७२ को भूकम्पले बल्खुको मदननगरमा रहेको पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीको पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिइ पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक दुई लाख २५ हजार रुपैयाँ तिरिँदै आएको थियो ।
प्रतिक्रिया