कैलालीः जिल्लाको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।
नाला निर्माणका लागि जेसिबीले खन्ने क्रममा आइतबार सकेट बम फेला परेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो।
आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको उक्त बम कालिरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक बमले बताए।
बम निष्क्रिय नहुँदासम्म अवरुद्ध सडक बिहान १० बजे बम निष्क्रिय भएपछि भने आवागमन नियमित भएको छ।
प्रतिक्रिया