लेटेस्ट न्युज
advertisement1

कावासाेतीमा एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

Maryada News 2021-03-12 09:25:20
कावासाेतीमा एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

नवलपरासीः कावासोती नगरपालिकाले एकै दिन नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ। यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो।

वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो। नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन्।

सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताइन्।नगरभित्र यसअघि ६ वटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उनले बताइन्। 

हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उनले बताइन्।

एउटा कार्यालय करिब रू ३८ लाखको लागतमा निर्माण हुने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताए।  यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको उनले बताए। 

सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो। नेपाल सरकारको भवन मापदण्डानुसार टाइप दुई प्रकारको भवन बन्नेछ। आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सरकारले उपलब्ध गराउने ३५ प्रकारका निःशुल्क औषधिसहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसूति सेवा, पोषणसहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्