काठमाडौं : महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रमा बाबाहरूको चहलपहल सुरु भएको छ।
विगतका बर्षहरु जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुुरु भएसँगै महाशिवरात्रिको रौनक वढेको हो।
भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्।
पर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने परम्परा छ ।
यस वर्ष महाशिवरात्रि पर्व यही फागुन २७ गते परेको छ। हरेक बर्ष महाशिवरात्रिमा हिन्दूहरूका आरध्यदेव पशुपति मन्दिरमा विशेष मेला लाग्ने गर्दछ।
प्रतिक्रिया