काठमाडौ : सरकारले आजबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ।
यो अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिइने छ।
यही अभियान अन्र्तगत प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज खोप लगाउने भएका छन्।
प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाउने तयारी छ।
यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो।
प्रतिक्रिया