काठमाडौं : आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार एक बुलेटिन जारी गर्दै मार्च १ अर्थात् फागुन १७ गतेदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ।
विभागकाअनुसार प्रि–मनसुन करिब ३ महिना जारी रहने छ। यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन, चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ।
विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
मार्च, अप्रिल र मेसम्म प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ। जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन्।
हेर्नुहाेस् प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin ) ( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )
प्रतिक्रिया