बझाङ : निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ ।
झण्डै रु १० अर्व लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालङ्गाको जलविधुत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेघावाटको कालङ्गा जलविधुत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेघावाट क्षमताको सानीगाड जलविधुत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ । १५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माण सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।
सन २०१७ देखि निमार्ण शुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भुगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाई भएको आयोजना कम्पनिले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भईरहेकोे छ ।
टनेल निर्माणलाई अन्तिमरुप दिनुका साथै पावर हाउसमा विधुतीय उपकरण जडानको काम भईरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । उनले भने, “३८.४६ मेघावाटको अपरकालङ्गामा टनेल फिनिसिङको काम भइरहेको छ ।
प्रतिक्रिया