लेटेस्ट न्युज
advertisement1

पूर्वी भेगका केही ठाउँमा वर्षा, पहाडमा हिमपातको सम्भावना

Maryada News 2025-04-13 08:46:25
पूर्वी भेगका केही ठाउँमा वर्षा, पहाडमा हिमपातको सम्भावना

काठमाण्डू, आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन । अहिले पूर्वी नेपालका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परिरहेको छ ।

आइतबार कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्