३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् ।
त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्यो ।
संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको दुई दिनपछि पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्।
नवनिर्वाचित पेतोङत्रान र पूर्वप्रधानमन्त्री श्रीथा ताविसिन दुवै फेउ थाई पार्टीका हुन्।उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।थाइल्यान्डको इतिहासमा उनी सबैभन्दा कान्छी प्रधानमन्त्री
सिनावात्राको परिवारका चार सदस्य यसअघि थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन्।
प्रतिक्रिया