लेटेस्ट न्युज
advertisement1

नेपाल भारत मैत्री अस्पताल सामुदायिक मोडलबाट संचालन गरिने: यसै वर्षबाट नर्सिङ,फार्मेशी ,ल्याबको कक्षा संचालन गर्ने

Maryada News 2023-09-15 22:06:28
नेपाल भारत मैत्री अस्पताल सामुदायिक मोडलबाट संचालन गरिने: यसै वर्षबाट नर्सिङ,फार्मेशी ,ल्याबको कक्षा संचालन गर्ने


नेपाल भारत मैत्री अस्पताल वाह्रौ वर्षमा प्रवेश गरेको छ। एक सय शैयाको वेड रहेको अस्पतालले आज विशेष समारोह गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ।
 
अस्पतालका संरक्षक तथा नेपाल भारत मानव विकास तथा मैत्री संघका अध्यक्ष सूर्य भुसालको अध्यक्षतामा भएको वाह्रौ वार्षिकोत्सव समारोहको पूर्व उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त के सोनाले संयुक्त उदघाटन गर्नु भयो ।


समारोहमा प्रतिनिधि सभा सदस्य पुष्पवहादुर शाह, मैना कार्की, साना किसान कृषि सहकारी संस्था संघीय समितिका अध्यक्ष खेम पाठक, विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियार, काठमाडौका पूर्व मेयर केशव स्थापीत, समाजसेवी, पूर्व प्रदेश सभा सदस्य नरोत्तम वैद्य, नेपाल मेडिकल काउन्शीलका उपाध्यक्ष डक्टर प्रकाश वुढाथोकी,साना किशान विकास वैंकका अध्यक्ष केबी उप्रेती, जेएस फाउण्डेसनका अध्यक्ष कमल उपाध्याय, महानगर ८ नंबर वडाध्यक्ष आशमान संगत, हेल्पिङ हेण्ड्सका डक्टर गुप्तवहादुर श्रेष्ठ, डोल्मा फण्डका जोशेफ शिल्भानोश लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।


अस्पताल संचालक समिति अध्यक्ष पवन पाठकले स्वागत मन्तब्य ब्यक्त गदै अस्पताललाई यसै वर्षदेखि शिक्षण अस्पतालको रुपमा अघि वढाउन लागेको वताउनु भयो। आगामी शत्रवाट नर्सिङ,फार्मेसी,ल्याब, एचएको कक्षा संचालन गर्ने गरी अस्पतालले आफ्नो गतिविधि वढाएको अध्यक्ष पाठकको भनाई छ। समारोहको संचालन अभियन्ता मिलन देवकोटाले गर्नु भएको थियो।
समारोहमा वक्ताहरुले अस्पतालको माध्यमवाट नेपाल भारतवीचको सम्वन्धलाई अझ प्रगाढ वनाउदै अघि वढ्न  तथा सरकारी र जन स्तरवाट अझ काम गर्नु पर्नेमा जोड दिएका थिए।

Norway Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दुःखी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्