काठमाडौँ : गत २४ घण्टाभित्र नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा सोमबार ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३७१ र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ ।
गत २४ घण्टामा ४२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया