काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर चार सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोको पछिल्लो अध्यावधिक विवरणअनुसार १० हजार २ सय ८७ जनामा परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्।
सात हजार १ सय १५ जनामा पिसिआर र ३ हजार १ सय ७२ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार बितेका २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सोही अवधिमा ५ सय ५५ जना संक्रमित निको भएका छन्।
प्रतिक्रिया