लेटेस्ट न्युज
advertisement1

नेपाल बार एसोसियशन : प्रधानन्यायाधीशविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा 

Maryada News 2021-10-29 17:51:14
नेपाल बार एसोसियशन : प्रधानन्यायाधीशविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा 

काठमाडौं : नेपाल बार एसोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । यसअघिको ’अल्टिमेटम’अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले शुक्रबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

शुक्रबार बसेको नेपाल बार पदाधिकारी बैठकले आइतबारदेखि सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेको छ । कात्तिक १४ गते देखि १७ गतेसम्म कालो पट्टी बाँधेर आन्दोलन गर्ने निर्णय बारले गरेको छ । 

बारले देशभरका ९० वटा इकाइहरुलाई आन्दोलनमा ऐक्यवद्धता तथा सहभागिता जनाउन समेत परिपत्र गरेको छ । बारले आन्दोलनका थप कार्यक्रमका लागि भिडियो कन्फरेन्समार्फत् देशभरकै इकाइबाट राय सुझाव लिने पनि निर्णय गरेको छ । 

बारको शुक्रबारको बैठकले प्रधानन्यायाधीश जबरासँग इजलासमा नबस्न माग गर्ने निर्णय गरेको छ । बारको बैठकले तिहार अगाडि सम्मका लागि थप आन्दोलनका कार्यक्रम सार्वजनिक बारका महासचिव लीलामणि पौडेलले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्