काठमाडाैंः मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसाेकाे लागि बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बाेलाइएकाे छ। बैठककाे विषय हाल नखुलाए पनि महामारी नियन्त्रण र सीसीएमसीका सुझावमाथि छलफल हुने बताइएकाे छ।
स्राेतकाअनुसार आज बाेलाइएकाे बैठक हरेक साता साेमबार बस्ने गरेकाे नियमित बैठक नै भएकाे र प्रधानमन्त्री ओलीले एक दिन अगावै बाेलाएका हुन्।
प्रतिक्रिया