काठमाडौं : सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
निगमका अध्यक्ष घिमिरेले यसअघि नै राजीनामा दिन खोजेपनि सरकारले रोकेको थियो । कार्यकारी अध्यक्षमा नियुक्त अधिकारी नेपाल एयरलाइन्सकै पूर्वकर्मचारी हुन् । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।
प्रतिक्रिया