काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयहरु बिदामा पनि खुल्ने भएको छ । केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरू दशैँ, तिहार र छठ पर्वमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला हुने भएको हो ।
आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखेर आयोगले विगतमा झैँ यस वर्ष पनि बिदामा आयोग खुला रहनेछ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकतानुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमन समेत गर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया