लेटेस्ट न्युज
advertisement1

सरकारी स्वामित्वका बन्द उद्योगहरू सञ्चालनको तयारी भइरहेको छ : अर्थमन्त्री शर्मा

Maryada News 2021-10-10 18:27:03
सरकारी स्वामित्वका बन्द उद्योगहरू सञ्चालनको तयारी भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका छन् । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा आइतबार राष्ट्रिय योजना आयोगसँग भएको छलफलमा उनले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योग खोल्ने गृहकार्य भइरहेको बताएका हुन् ।

धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योगहरू नयाँ मोडालिटी बनाएर सञ्चालन गरिने उनले बताए । शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउँसो र राति गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने जानकारी दिए ।

“दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन,“ उनले भने, “रातिको सिफ्टमा बत्ती बालेर भएपनि काम गर्नुप¥यो । हामीले पनि बेला बेला नसुतेरै भएपनि अनुगमन गर्नुप-यो ।“


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्