लेटेस्ट न्युज
advertisement1

संसद विघटनविरुद्धका मुद्धामा सर्वोच्चले सही फैसला गर्छ :  प्रचण्ड

Maryada News 2021-02-23 18:49:07
संसद विघटनविरुद्धका मुद्धामा सर्वोच्चले सही फैसला गर्छ :  प्रचण्ड

काठमाडौं : नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका मुद्धामा सही फैसला गर्ने बताएका छन् । मंगलबार राधानीमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा बोल्दैप्रचण्डले  आजभोली नै सर्वोच्चको फैसला आउने बताए ।

‘संवैधानिक निकायहरुले संविधानको मर्म र भावना अनुसार काम गर्नेछन् भन्ने विश्वास छ’ उनले अघि भने, ‘अब कुनै पनि बेला संविधान मिच्ने, संविधान र संसदलाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम सच्चिन्छ ।  संसद पुनर्स्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।’ अध्यक्ष प्रचण्डले आवश्यकता अनुसार संविधान संसोधन पनि गर्दै जानुपर्ने बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्