लेटेस्ट न्युज
advertisement1

गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता दियो : कमल थापा

Maryada News 2021-09-21 13:51:03
गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता दियो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता दिएको आरोप लगाएका छन् । मंगलबार ट्विट गर्दै उनले वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका हुन् ।

भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने निर्णय गरिएको भन्दै उनले भर्त्सना गरेका छन् । उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेका छन् ।

“वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ । भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु । यो निर्णय तत्काल फिर्ता गरियोस्,” उनले लेखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्