ताप्लेजुङ- नवजात शिशुलाई जन्म दिई कतै गोप्य ठाँउमा कसैले नदेख्ने गरी फालिदिने घटना हाम्रो समाजमा नयाँ होइन।
सार्वजनिक स्थल (मन्दिर, चौतारो) लगायतमा नवजात शिशु भेटिने र केहि परोपकारी दिलका मानिसहरुले लगेर पालन पोषण गर्ने र हुर्काउने परम्परा जस्तो भइसकेको छ।
तर कोहि आमा यस्ता पनि हुन्छन् जसले नवजात शिशुलाई जन्म दिने वित्तिकै कर्तव्य गरी गारिदिन्छन्। यस्तै घटना ताप्लेजुङमा भएको छ।
मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राको मैखु र फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिमको धोद्रे गुम्बाडाँडाका दुई आमाले नवजात शिशुलाई जन्माइ कर्तव्य गरी मारेको पाइएको छ।
अन्दाजी ८–९ महिना जस्ता देखिने २ नवजात शिशुलाई जन्माइ कर्तव्य गरी मार्ने दुई आमा २२÷३७ वर्षीया रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वको टोलीले निरन्तरको प्रयासपछि घटनालगत्तै एकसाथ दुई अभियुक्त पक्राउ गर्यो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह राणाले प्रारम्भिक अनुसन्धानपछि ‘अवैध गर्भ रहेकाले यस्तो घटना भयो।’ भन्ने निश्कर्षमा प्रहरी पुगेको बताए।
प्रतिक्रिया