काठमाण्डौ: नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार काठमाडौंमा भएको अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले संगठनको अध्यक्षमा सुनिता बराललाई चयन गरेको हो ।
यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने चयन भएका छन् भने उपाध्यक्षमा कल्पना वाइबा, यम पाण्डे, मोती बिक लगायत १२ जना र महासचिवमा समिक बडाललाई चयन गरिएको अखिल नेता मर्यादा विष्टले बताइन् ।
यसैगरी, नरेश रोकाय, सुदर्शन सिवाकोटी, नारायण घर्ती र गोविन्द गिरी उपमहासचिव र जेनिस लामा कोषाध्यक्ष चयन भएका छन् । यसअघि अध्यक्ष रहेका ऐन महरले संगठनबाट विदा लिएका छन् ।
प्रतिक्रिया