लेटेस्ट न्युज
advertisement1

सात जिल्लामा तोकिए कांग्रेसका निर्वाचन अधिकृत 

Maryada News 2021-09-17 17:10:48
सात जिल्लामा तोकिए कांग्रेसका निर्वाचन अधिकृत 

काठमाडौं: नेपाली कांग्रेस निर्वाचन समितिले थप सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौंसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत तोकिएको छ ।

समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरूले क्रियाशील सदस्यता सूची तथा अधिवेशनका लागि आवश्यक सामग्री बुझिसकेका छन् । “हामीले सात जिल्लाको क्रियाशील पाउनेबित्तिकै जिम्मेवारी तोकेका हौँ,” उनले भने, “अधिकृतज्यूहरूले बिहीबार नै अधिवेशनका लागि अवाश्यक सामग्री समितिबाट लिइसक्नुभएको छ ।”

श्रेष्ठका अनुसार काठमाडौं जिल्लाको अधिवेशन गराउने जिम्मेवारी वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई दिइएको छ । यस्तै, मोरङमा केदार कार्की निर्वाचन अधिकृत बनेका छन् ।

काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छविरमण निरौला तथा बाजुरामा सन्तोष भण्डारीले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । श्रेष्ठका अनुसार बर्दियामा लोकबहादुर शाह र कपिलवस्तुमा घनश्याम पन्त निर्वाचन अधिकृतको रूपमा जिल्ला प्रस्थान गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्