काठमाडौं : मानुषी लघुवित्तले निष्काशन गरेको आइओ बाँडफाँड भएको छ । सोमबार बिहान बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आईपिओ बाँडफाँड गरेको हो।
गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् । कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना आवेदक योग्य रहेकोले उनीहरुलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो। कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।
कम्पनीको आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइटhttps://nsmbl.com/,सिडीएससीकोमेरोशेयरकाे वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रतिक्रिया