लेटेस्ट न्युज
advertisement1

एनएमबि बैंकले ८ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्ने

Maryada News 2021-08-06 19:29:18
एनएमबि बैंकले ८ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्ने

काठमाडौं : एनएमबि बैंक लिमिटेडले प्रति वर्ष ८ प्रतिशत ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ बर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने बैंकले प्रति वर्ष ७.९९ प्रतिशतमै ऋण दिने छ। यो ब्याज बैंकको लागत अनुसार (बेस रेट) तलमाथि हुन सक्छ।

ग्राहकवर्गहरुले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्याउने बैंकको बताएको छ । राष्ट्र बैंकको नीति अनुसार घर कर्जा डेढ करोड रुपैयाँसम्म लिन सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्