लेटेस्ट न्युज
advertisement1

अमेरिका पूर्ववत् स्थितिमा फर्कियोः अमेरिकी विदेशमन्त्री ब्लिंकन

Maryada News 2021-02-20 14:12:04
अमेरिका पूर्ववत् स्थितिमा फर्कियोः अमेरिकी विदेशमन्त्री ब्लिंकन

एजेन्सी-अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिका ‘पूर्ववत् स्थितिमा फर्किएको’ बताएका छन्।

उनले जो बाइडेन राष्ट्रपतिका रुपमा आएपछि अब महामारी, जलवायु परिवर्तन र इरानको परमाणु कार्यक्रमजस्ता महत्वाकांक्षी मुद्दा सुल्झाउन अमेरिकाले नेतृत्व गर्ने बताएका हुन्।

उनले यो पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिभन्दा फरक रहेको पनि बताए। आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ताको रुपमा बीबीसीसँग कुरा गर्दै ब्लिंकनले कोभिड–१९ विरुद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन्।

ब्लिंकनले अमेरिकाले कोभ्याक्स खोप कार्यक्रमका लागि ४ अर्ब डलर सहयोग गर्न लागेकोसमेत दावी गरे। कोभ्याक्स कार्यक्रमअनुसार एक वर्षभित्र १ सय ९० देशका नागरिकलाई २ अर्बभन्दा धेरै डोज खोप लगाउने कार्यक्रम छ। 

उनले कोरोना भाइरसको उत्पत्तिको विषय खोजीको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरेका छन्। अ 

 

USA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्