लेटेस्ट न्युज
advertisement1

कक्षा १२ को परिक्षामा नर्स र औषधिको व्यवस्था गर्न निर्देशन

Maryada News 2021-07-28 17:37:07
कक्षा १२ को परिक्षामा नर्स र औषधिको व्यवस्था गर्न निर्देशन

काठमाडौ : साउन ३१ गतेदेखि भौतिक रुपमा हुने कक्षा १२ को परीक्षा  जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले भनिन् “परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्य सम्बन्धी  मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्ने र सङ्क्रमितलाई छुट्टै कक्षा कोठा व्यवस्था हुनुपर्नेछ ।”

साउन ३१ गतेदेखि सुरु हुने परिक्षामा चार लाख परीक्षार्थीले चार हजार ३ सय ३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिँदैछन् । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिले दिएको सुझावअनुसार परीक्षा सञ्चालन गरिने  बताए । उनले ‘भर्चुअल’ विधिबाट पढाइ भए पनि दुर्गम क्षेत्रमा इन्टरनेटको समस्याका कारण प्रभावकारी हुन नसकेको बताए । 

विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन छुटृै होमसेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका सङ्क्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्