लेटेस्ट न्युज
advertisement1

हलिया अधिकारकर्मी र जनप्रतिनिधिका लागि २ दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न

Maryada News 2021-07-24 21:39:43
हलिया अधिकारकर्मी र जनप्रतिनिधिका लागि २ दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न

अछाम: हलिया अधिकारकर्मी र स्थानीय सरकारका जनप्रतिनिधिहरूको लागि २ दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी साँफेबगरमा सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको गोष्ठीको आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।

गोष्ठीमा अछाम, बाजुरा र डोटीका हलिया अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । गोष्ठीमा सुस्ताएको हलिया आन्दोलनलाई सम्बन्धित निकाएमा पु-याउने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा हलिया र दलित समुदायले झेल्नु परेका समस्या र समस्याबाट कसरी मुक्त हुन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

कार्यक्रमका सहभागीले हलिया र दलितलाई हेर्ने दृष्टिकोणमा परिर्वतन नआउँदासम्म यसको अन्त्य नहुने बताएका थिए । आफ्नो अधिकार सुनिश्चितताको लागि सबै हलियाहरुले आ–आफ्नो ठाउँबाट आवाज उठाउन जरुरी रहेको उनीहरुको भानाई रहेको छ ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघका पूर्व उपाध्यक्ष जानकी लुहारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का वडा सदस्य राजेन्द्र बगरकोटी , डोटीको पुर्वी चौकी गाउँकार्यपालिकाका सदस्य स्मृती चुनारा लगायतले मन्तव्य राखेका थिए ।

गोष्ठीमा  दलित अधिकारकर्मी हलिया आन्दोलनका अगुवा सुदुरपश्चिम नेपाल उत्पीडित जातीय मुक्ति समाजका प्रदेश अध्यक्ष जङ्ग बिक, साँफेबगर नगर कार्यपालिका सदस्य जीत बहादुर निशानी, मंगलसेन नगरपालिका नगर कार्यपालिका सदस्य भावना बिक, साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य भाना लुहार लगायतको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन महासंघका कार्यक्रम संयोजक पदमराज जोशीले गरेका थिए।  उक्त कार्यशाला गोष्ठीमा अछाम, बाजुरा र डोटीका हलिया अधिकारकर्मीको सहभागिता थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्