एजेन्सी- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकाे पर्सिभरेन्स राेभर सफलतापूर्वक मंगल ग्रहमा अवतरण भएकाे छ। पर्सिभरेन्स राेभर नासाले मंगल ग्रहकाे लागि प्रक्षेपण गरेकाे अन्तरिक्ष यान हाे।
नेपाली समयअनुसार शुक्रबार बिहान २ः४० मा साे यान मंगल ग्रहकाे भूमध्यरेखा जेजिराेमा अवतरण भएकाे हाे। प्रस्तावित क्षेत्र भन्दा दुई किलाेमिटर वरै अवतरण भएकाे यानले त्यहाँ दुई वर्ष बिताउने छ। पर्सिभरेन्सले मंगल ग्रहकाे स्थानीय चट्टान अध्ययन गर्दै त्यहाँ जीवन रहे नरहेकाे अध्ययन गर्ने बताइएकाे छ।
जेजिराेमा अरबाैं वर्ष अघि विशाल ताल रहेकाे वैज्ञानिकहरूकाे निश्कर्ष छ। र पानी रहेकाे ठाउँमा जीवन पनि रहने भन्दै साेही अध्ययन पुष्टी गर्न अन्तरिक्ष यान मंगल ग्रह पठाइएकाे नासाले बताएकाे छ।
यसअघि सन् २०१२ मै नासाले क्युरिओसिटी राेभर नामक यान मंगल ग्रहमा पठाइसकेकाे छ। हाल मंगल ग्रहमै रहेकाे क्युरिओसिटीले पर्सिभरेन्सकाे सहायक भइ काम गर्ने छ।
अमेरिकी राष्ट्रपति जाे बाइडेनले नासाले प्रक्षेपण गरेकाे पर्सिभरेन्स राेभरप्रति खुसि व्यक्त गर्दै यसले विज्ञान र अमेरिकी काैशलता र क्षमताकाे पुनः पुष्टी गरेकाे बताएका छन्।
प्रतिक्रिया