लेटेस्ट न्युज
advertisement1

अमेरिकामा हिम आँधीः २० जनाको मृत्यु, टेक्सासमा आपतकाल घोषणा

Maryada News 2021-02-17 10:38:26
अमेरिकामा हिम आँधीः २० जनाको मृत्यु, टेक्सासमा आपतकाल घोषणा

 

एजेन्सी-अमेरिकाकाे मध्यतथा दक्षिणी राज्यहरुमा शक्तिशाली हिम आँधीको बितण्डापछि बुधबार कम्तिमा २० जनाको मृत्यु भएको छ। हिम आँधीका कारण टेक्सास, टेनेसी, केन्टुकी, नर्थ क्यालेरिनालगायतका राज्यहरु वढी प्रभावित बनेको बीबीसीले जनाएको छ। 

त्यहाँ विद्युत नहुँदा लाखौँ मानिस चिसोले प्रभावित भएका छन्। खाना पकाउन नपाउदाँ सुपरमार्केटमा मानिसहरुको भिडँ लागेको छ। इन्टनेट र टेलिफोन लाइन काटिएका कारण लाखौँ मानिस सम्पर्कविहिन भएका छन्। सडकदेखि घरसम्म जताततै आदीँमा आएको हिउँ थुप्रिएको छ।

अमेरिकाको राष्ट्रिय मौशम सेवाका अनुसार हिम आँधीले घातक हावा, बरफ ल्याएका दृश्यहरु देखिएका छन्। ७३ प्रतिशत भाग हिउँले ढाकेको छ। टेक्सासमा अहिले तापक्रम माइनस १८ मा झरेको छ।

अमेरिकि राष्ट्रपति जो वाइडेनले प्रभावित राज्यहरुमा आपतकालिन सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। साथै उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन्।

हिम आँधीको असर छिमेकी मुलुक मेक्सिकोमासमेत देखिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्