लेटेस्ट न्युज
advertisement1

काेराेनाले आक्रान्त बनेकाे बाँकेका अस्पतालमा हाल ८० प्रतिशत शय्या खाली

Maryada News 2021-06-20 11:26:16
काेराेनाले आक्रान्त बनेकाे बाँकेका अस्पतालमा हाल ८० प्रतिशत शय्या खाली

बाँकेः कोरोना महामारीकाे केन्द्रविन्दु जस्तै बनेको बाँकेमा हाल अवस्था सामान्य भएको छ। जिल्लाका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार बाँकेमा कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन्।

बाँकेका कोभिड अस्पतालका तीन सय ६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन्। बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका तीन सय ६१ शय्यामध्ये दुई सय ७१ शय्या खाली भएका छन्।

नेपालगञ्जस्थित भेरी अस्पतालको दुई सय शय्यामा एक सय २५ शय्या खाली भएको छ। भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन्। कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका एक सय ३० शय्या छुट्याइएकामा एक सय १६ खाली छन्। साे अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए। 

वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ। युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ। बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका तीन सय ४७ र जिल्लाकै तीन सय १० गरी ६ सय ५७ जनाको निधन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्