काठमाडाैं- जिल्ला अदालत काठमाडाैंमा दुई कर्मचारीबीच कुटाकुट भएकाे छ। साेमबार अदालतकाे १४ नम्बर इजलासमा नायब सुब्बा नेत्रप्रसाद बाँस्ताेला र इजलास अधिकृत गाेकर्ण शर्माबीच कुटाकुट हुँदा अधिकृत शर्माकाे नाकबाट रगत चुहिएकाे थियाे।
आदेशमा सही गर्ने विषयमा 'व्यहोरा मिलाएर ल्याउ' भन्दा दुई जना कर्मचारीबीच कुटाकुट भएकाे हाे। न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामु नासु बाँस्तोलाले अधिकृत शर्मामाथि कुटपिट गरेका थिए । कुटपिट पछि रगत आएपछि शर्मा उपचारका लागि ट्रमा सेन्टर समेत पुगेका थिए ।
आदेशमा हस्ताक्षर गर्ने विषयमा सामान्य विवाद हुँदा दुई जनाबीच सामान्य कुटपिट भएको थियाे। व्यक्तिगत विवाद भएपनि अदालतभित्रै कुटपिट भएकाले आन्तरिक छानबिन थालिएको जिल्ला अदालत काठमाडाैंले बताएकाे छ।
छानबिनपछि दाेषिलाई कारवाही गरिनेसमेत बताइएकाे छ।
प्रतिक्रिया