लेटेस्ट न्युज
advertisement1

थापाद्वारा पुनःबहालीको माग गर्दै रिट निवेदन

Maryada News 2021-06-04 22:35:01
थापाद्वारा पुनःबहालीको माग गर्दै रिट निवेदन

कास्कीः गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। थापाले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः बहाली गर्न माग गरेका हुन्।

सो निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ। पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको जनाउँदै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्