लेटेस्ट न्युज
advertisement1

तीन दिन अत्याधिक वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह

Maryada News 2021-05-27 09:54:18
तीन दिन अत्याधिक वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह

काठमाडाैंः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ। पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण अबकाे तीन दिन देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन अनुरोध गरेको छ।

अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। 

जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। ती प्रदेशका तराईमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ।

कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र मध्यम वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्