काठमाडौं : शुक्रबार मध्यराति गरिएको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न भन्दै विपक्षी गठबन्धनले हस्ताक्षर संकलन गरिरहेको छ । गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।
प्रतिक्रिया