काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी गर्न शितल निवास जाँदै छन् । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर देउवासहित विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालयतर्फ लागेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेस सांसद गगन थापाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया