लेटेस्ट न्युज
advertisement1

चालु शैक्षिक सत्रको म्याद दुई महिना थपियो 

Maryada News 2021-02-14 20:35:19
चालु शैक्षिक सत्रको म्याद दुई महिना थपियो 

काठमाडौं : सरकारले विद्यालय तहको चालू शैक्षिक सत्र जेठको अन्तिमसम्ममा सक्ने निर्णय गरेको छ। शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गर्दै यो वर्षको शैक्षिक सत्र दुई महिना थपेर जेठसम्म सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिए ।

शिक्षा पत्रकार समूहले गरेको छलफलमा सचिव मैनालीले चालू शैक्षिक सत्र दुई महिना लम्ब्याउने र आगामी शैक्षिक सत्र १० महिनामात्र सञ्चालन गरिने बताए । यससम्बन्धि नियमावली संशोधनका मन्त्रीपरिषद्ले स्वीकृत गरिसकेको र एकदुई दिनमा नियमावलीको संशोधित अंश राजपत्रमा प्रकाशित गरिने उनले जानकारी दिए ।

गत वर्ष कोरोना संक्रमणका कारण  आन्तरिक मूल्यांकनबाटै एसइई परीक्षा भएको थियो। अब भने एसइईलगायत विद्यालय तहका परीक्षाहरू विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएरै गर्ने तयारी रहेको मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्