काठमाडाैं : ताप्लेजुङ केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३५ मिनेटमा भूकम्प गएको छ।
ओलांगचुंगोला २ केन्द्रविन्दु बनाएर ५ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे कुनै पनि विवरण सार्वजनिक भइनसेको मापन केन्द्रले जनाएको छ।
यसअघि पनि ताप्लेजुङ केन्द्र बनाएर माघ २३ गते ४ दशमलव ५ रेक्टरको भूकम्प गएको थियो।
प्रतिक्रिया