लेटेस्ट न्युज
advertisement1

अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच आइसल्यान्डमा भेटवार्ता तय

Maryada News 2021-05-13 16:39:26
अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच आइसल्यान्डमा भेटवार्ता तय

वासिङ्टन : संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार रसियाली विदेशमन्त्री सर्गेई लाभारोभलाई फोन गरी आइसल्यान्डमा आगामी मे २० मा हुने आर्कटिक काउन्सिल मन्त्रिस्तरीय बैठकमा सहभागी हुने बारेमा छलफल गरेका छन् । फोनवार्तामा दुबै कुटनीतिज्ञले आफूहरु उक्त बैठकमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्न राजी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकी नागरिकको सुरक्षा एवं अमेरिकी चासोका विषयलाई प्रतिरक्षा गर्न राष्ट्रपति बाइडेनको प्रतिबद्धताका बारेमा रसियाका विदेशमन्त्री समक्ष कुरा राखेका छन् । 
     
विदेशमन्त्री ब्लिन्केनले हाल रसियाको हिरासतमा राखिएका आफ्ना दुई पूर्व सैनिकहरु पल ह्वीलान र ट्रेभोर रीडलाई तत्काल मुक्त गर्न रसिया समक्ष अनुरोध गरेका थिए । उनले उत्तर कोरिया मामिला सम्बन्धी अमेरिकी नीतिका बारेमा पनि रसियाका विदेशमन्त्री लाभरोभलाई जानकारी गराएका छन् । आइसल्यान्डमा हुने ब्लिन्केन र लाभरोभबीचको प्रत्यक्ष भेटवार्ता राष्ट्रपति बाइडेनले राष्ट्रपतिको पद सम्हालेयता पहिलो पटक हुन लागेको हो ।     

राष्ट्रपति बाइडेनले गत साता जुनमा आफूले युरोप भ्रमण गर्दा रसियाका राष्ट्रपति भ्लालिमिर पुटिनसँग पनि भेटघाट गर्ने बताएका थिए । राष्ट्रपति बाइडेन बेलायतमा सम्पन्न हुने सात प्रमुख औद्योगिक राष्ट्रहरु (जी–७) को शिखर सम्मेलन र बेल्जियमको ब्रसेल्समा हुने नेटो शिखर बैठकमा सहभागी हुने कार्यक्रम छ ।    
 
रसियाका विदेशमन्त्री लाभरोभले मङ्गलबार अजरबैजान भ्रमणका क्रममा अमेरिकाले जुनमा रसियाको उच्च नेतृत्वसँग गर्न लागेको भेटवार्तालाई आफूहरुले निकै स्वागतयोग्य कदमका रुपमा लिएको बताएका थिए ।  अमेरिका र रसियाबीचको सम्बन्ध केही वर्षदेखि निकै तिक्ततापूर्ण रहिआएको छ । दुबै मुलुकबीच युक्रेन, मानव अधिकार, साइबर सुरक्षा र एकअर्का मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलाई लिएर मतभेद हुँदै आएको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्