बाँकेः कोरोना सङक्रमणका कारण बाँके र रुपन्देही जिल्लामा थप सात जनाको निधन भएको छ। भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा दुई र शिक्षण अस्पताल कोहलपुरमा एक जनाको निधन भएको हो।
बुटवल–१ का ४८ वर्षका पुरुषको गएराति ११ बजे निधन भएको हो भने बुटवल–११ कालिकानगरकी ३० वर्षीया महिलाको आज शनिबार बिहान निधन भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या दुई सय ५५ पुगेको छ। यसैगरी बाँकेमा निधन भएका चार जना नेपालगञ्ज र एकजना बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए।
उनका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ वर्षीया महिलाको आज बिहान, नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ निवासी ६४ वर्षीय पुरुषको गएराति, नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १२ निवासी ६७ वर्षीय पुरुष र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ निवासी ५२ वर्षीय पुरुषको गएराति उपचारको क्रममा निधन भएको हो।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी ३८ वर्षीया महिलाकाे आज बिहान निधन भएको छ। योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको निधन भएको छ।
बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउने एक सय ३१ जनाको निधन भएको छ। गएराति मात्रै बाँकेमा सात सय ३१ नयाँ सङ्क्रमित थपिएका छन्। जिल्लाका तीन वटा प्रयोगशालामा एक हजार १८ जनाको पिसिआर जाँच गर्दा ७ सय ३१ जनामा कोरोना देखिएको हाे।
भेरी अस्पताल नेपालगञ्जमा चार सय ८० को परीक्षण गर्दा तीन सय ४३, शिक्षण अस्पताल कोहलपुरमा दुई सय दुईको परीक्षण गर्दा एक सय ५८ र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालामा तीन सय ३६ को परीक्षण गर्दा दुई सय ३० जनामा कोरोना पुष्टि भएको हाे। सात सय ३१ जनामध्ये बाँकेका पाँच सय चार जना रहेका छन्।
बाँके अस्पतालमा रहेका पाँच सय ९७ मध्ये भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ। होम आइसोलेसनमा तीन हजार नौ सय ३५ जनाले स्वास्थ्य लाभ गरिरहेको स्रोत व्यक्ति वलीले बताए। शुक्रबारमात्रै बाँकेमा एक सय नाै जनाले कोरोना जितरे घर फर्किएका छन्।
प्रतिक्रिया