लेटेस्ट न्युज
advertisement1

शिक्षण अस्पतालमा काेभिड-१९ उपचार कक्ष सञ्चालन

Maryada News 2021-05-06 09:51:25
शिक्षण अस्पतालमा काेभिड-१९ उपचार कक्ष सञ्चालन

काठमाडाैंः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी एक सय ४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ। क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई हाल कोभिड–१९ उपचार कक्ष बनाइएकाे हाे।

हाल एक सय ४० मध्ये ४० शय्या सञ्चालनमा आइसकेको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले यस किसिमकाे व्यवस्था गरिएको बताए।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले हाल दुई सय ५० शय्या कोभिडका विरामीका लागि छुट्याएको छ। हाल दुई सय १८ बिरामी उपचाररत रहेका छन्। अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये यसपटक दुई जनाकाे निधन भएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्