लेटेस्ट न्युज
advertisement1

काेराेना कहरः विश्वभर हुने हरेक पाचाैं मृत्यु भारतमा

Maryada News 2021-04-30 13:15:16
काेराेना कहरः विश्वभर हुने हरेक पाचाैं मृत्यु भारतमा

एजेन्सीः भारतमा काेराेना संक्रमणकाे सुनामी आइरहेकाे बेला अर्काे चिन्ताजनक तथ्यांक सार्वजनिक भएकाे छ। बिहीबार संसारभर कूल ८ लाख ९२ हजार जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि हुँदा त्यसमध्ये तीन लाख ८६ हजार संक्रमित भारतमा फेला परेका थिए।

संसारभर भएका संक्रमणमध्ये ४० देखि ४५ प्रतिशत भारतमा हुने गरेकाे छ। यस्तै काेराेना भाइरसकाे संक्रमणबाट विश्वभर हुने  मृत्युमा हरेक पाँचाैं मृत्यु भारतमा हुने गरेकाे छ। 

हाल काेराेना भाइरस संक्रमणका कारण दैनिक सर्वाधिक मृत्यु हुने मुलुकमा भारत पर्छ। पछिल्लाे २४ घण्टामा संसारभर १५ हजार एक सय ४२ जनाकाे निधन हुँदा भारतमा तीन हजार पाँच सय एक जनाकाे निधन भएकाे छ। 

यद्यपि याे सरकारी तथ्यांक भएकाले भारतकाे अवस्था याे भन्दा दर्दनाक रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत सातासम्म भारतमा हरेक एक सय काेराेना परीक्षणमा १८ जना पाेसेटिव हुँदा हाल एक सय परीक्षणमा २१ जना पाेसेटिव पाइने गरेकाे छ।

करिब ९५ लाख जनसंख्या रहेकाे भारतकाे बेंगलाेर शहरमा हाल दुई लाख ३७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यस्तै एक कराेड २० लाख जनसंख्या रहेकाे मुम्बइमा ६७ हजार सक्रिय संक्रमित रहेका छन् भने दुई कराेड जनसंख्या रहेकाे राजधानी दिल्लीमा ९७ हजार सक्रिय संक्रमित रहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्