लेटेस्ट न्युज
advertisement1

श्रीलंकाले कोरोना संक्रमितको शव जलाउनैपर्ने नियम फिर्ता लियो

Maryada News 2021-02-11 10:32:11
श्रीलंकाले कोरोना संक्रमितको शव जलाउनैपर्ने नियम फिर्ता लियो

श्रीलङ्‌काले कोरोना संक्रमणमित शव अनिवार्य जलाउनुपर्ने नियम फिर्ता लिएको छ।

निर्णय फिर्ता भएसँगै मुस्लिम समुदायका व्यक्तिले अव शव जलाउनु नपर्ने भएको छ। कोरोनाबाट मृत्यु भएपछि अनिवार्य शव जलाउनुपर्ने नियमको विरोधमा मुस्लिम समुदायले लामो समयदेखि विरोध गर्दै आएका थिए। 

अब मुस्लिम समुदायले आफ्नो परिवारका व्यक्तिको शव गाड्न सक्ने प्रधानमन्त्री महिन्दा राजापाक्षले संसद्‌मा बताएका थिए। कोरोना संक्रमण फैलिन सुरु भएसँगै श्रीलङ्‌काले शव जलाउन अनिवार्य गरेको थियो। शव गाड्दा भाइरसले जमिन र पानीमा असर गर्ने सरकारको तर्क थियो।

यसको विरोधमा मुस्लिमलगायत अन्य धार्मिक समुदायका व्यक्तिले विरोध गरेका थिए। यो निर्णयप्रति संयुक्त राष्ट्र संघले समेत आपत्ति जनाएको थियो।

श्रीलङ्‌काको पछिल्लो निर्णयको पाकिस्तानले पनि स्वागत गरेको छ। ​श्रीलङ्‌कामा मुख्य रुपमा बौद्ध धर्मावलम्बीको बसोबास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्