लेटेस्ट न्युज
advertisement1

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

Maryada News 2021-04-28 13:20:17
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

मकवानपुरः बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएकाे छ। मुख्यमन्त्री डाेरमणि पाैडेलले तीन जना मन्त्री र सात जना राज्यमन्त्री समेट्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

नयाँ मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी काभ्रेका चन्द्र लामालाई दिइने भएको छ। अन्य मन्त्रीहरूकाे मन्त्रालय टुंगाे लागिसकेकाे छैन। 

सिन्धुपाल्चोकका सांसद सरेश नेपाल, नुवाकोटका केशवराज पाण्डे, दोलखाकी सरस्वती बस्नेत, धादिङका डा. रामकुमार अधिकारी र सिन्धुलीका प्रदिप कटुवाललगायतका सांसदहरू नयाँ बन्ने मन्त्रिपरिषद्मा समेटिने भएका छन्।  त्यस्तै मकवानपुरकी सांसद जुनेलीमाया श्रेष्ठ राज्यमन्त्री बन्ने निश्चित भएकाे छ। 

नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्