काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै अाज थप ५ जनाको मृत्यु भएको छ । भने ४ सय १० जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९३.९ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जारी गरेको विवरण अनुसार ८ हजार ७ सय ९८ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार ४ सय ४९ जना र ८ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १० जना गरी थप २ हजार ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७६०, ललितपुरमा १०६ र भक्तपुरमा ७४ जना गरी ९४० जना थपिएका छन् ।
प्रतिक्रिया