कास्कीः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासकाे प्रस्ताव पेस भएकाे छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीका प्रदेश सभाका २८ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।
मुख्यमन्त्री गुरुङविरुद्ध पेस भएकाे अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएकाे छ। यद्यपि आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्य गरिसकेका छन्।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका तीन र जसपाका दुई सांसद रहेका छन्।
प्रतिक्रिया