काठमाडौं : काठमाडौं लगायतसहित देशका ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । विद्यालय बन्दको समयमा अनलाइन कक्षामा जोड दिन पनि मन्त्रालयले आग्रह गरेका छ । नेपालमा पछिल्लो समय विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन थालेको भन्दै यस्तो निर्णय गरिएको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
कोभिड–१९ व्यवस्थापन सेन्टर(सीसीएमसी) मन्त्रिपरिषदमा यसबारे छलफल भइसकेको छ । यद्यपि ठोस निर्णय भने भइ नसकेको मन्त्रालयले जनाएको छ । सरकार र सरोकारवाला निकायबीचको छलफलमा पनि तत्काल केन्द्र सरकारले विद्यालय बन्द गर्ने निर्णय नगर्न सुझाव दिइएको थियाे ।
प्रतिक्रिया