लेटेस्ट न्युज
advertisement1

हैजाका कारण नाइजेरियामा  ५० जनाको मृत्यु    

Maryada News 2021-04-06 22:03:19
हैजाका कारण नाइजेरियामा  ५० जनाको मृत्यु    

अबुजा : हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।  स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृृत्यु भएको हो ।     
     
रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका रोगहरूबाट उनीहरूको मृत्यु भएको जनाएको छ । यही मार्च २८ सम्मको विवरणअनुसार हैजाबाट एक हजार ७४६ जना बिरामी भएकोमा उनीहरूमध्ये ५० भन्दा बढीको मृत्यु भएको पाइएको छ, केन्द्रका प्रमुख चिक्वे आइहेक्वेजुले भने ।     
     
अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले हैजाको महामारी डरलाग्दो र चिन्ताजनक भएकाले सबैले उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए । देशको नासारावा, सोकोटो, कोगी, बायेल्सा, गोम्बे, जाम्फारा, डेल्टा र बेन्युमा हैजाको महामारी फैलिएको उनले जानकारी दिए ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्